काठमाडौं । यू–१५ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले अहिले भुटानसँग खेलिरहेको छ । ढाकामा जारी खेलको पहिलो हाफ सकिदा नेपालले भुटानविरुद्ध ४–० गोलको अग्रता बनाएको छ । नेपालका लागि वर्षा ओलीले ४ गोल गरिन् ।
नेपाल आज भुटानलाई हराएर सुखद सुरुआतको योजनामा रहेको छ । भुटान पनि पहिलो जितको खोजीमा रहेको छ । मंगलबार भएको उद्घाटन खेलमा भुटानलाई बंगलादेशले ८–० गोल अन्तरले हराएको थियो ।
च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ । यस्तै नेपालले दोस्रो खेलमा बंगलादेशसँग नोभेम्बर ५, भुटानसँग फेरि नोभेम्बर ९ र नोभेम्बर ११ मा पुनः बंगलादेशसँग खेल्नेछ ।ड
बल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।




















प्रतिक्रिया