Logo

प्रमुख समाचार

चुनावपछि देउवा नै प्रधानमन्त्री : प्रवक्ता महत



नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले मंसिर ४ को चुनावपछि आफ्ना सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।

उनले चुनावमा सबैभन्दा धेरै सीट कांग्रेसले ल्याउने र पार्टी सभापतिको हैसियतमा देउवा नै प्रधानमन्त्री हुनुपर्ने आफ्नो पार्टीको बटमलाइन भएको बताए ।

बुधबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा कांग्रेस निर्वाचन प्रचार(प्रसार समितिका संयोजकसमेत रहेका डा। महतले १६५ सीटमध्ये ९१ सीटमा नेपाली कांग्रेसका उम्मेदवार भएकोले अन्य पार्टीभन्दा धेरै सीट ल्याउने दाबी गरे ।

नेकपाकालीन सरकारमा नागरिकले धेरै दुस्ख पाएको भन्दै उनले गफ लगाउनेलाई विश्वास गर्नुभन्दा नबोलेर काम गर्नेलाई मूल्यांकन गर्नुपर्ने बताए । अब एमालेको नेतृत्वमा सरकार बन्दैन । ओलीजी प्रधानमन्त्री बन्नुहुन्न । त्यसैले कांग्रेसको नेतृत्वमा सरकार बन्छ, उनले भने, शेरबहादुरजी बन्ने कुरामा कुनै दुइमत छैन । तर यसलाई भट्याइरहनु आवश्यक छैन ।

सबैलाई मिलाएर जाने कांग्रेसको नेतृत्व देशले खोजेको महतको भनाइ छ । उनले अहिले पार्टीको ध्यान को प्रधानमन्त्री भन्दा पनि निर्वाचनमा कसरी बढीभन्दा बबढी सिट ल्याउने भन्ने कुरामा आफूहरू केन्द्रित भएको बताए ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार १८:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।