Logo

खेलकुद

साफ यू–१५ : नेपाल र बंगलादेश भिड्दै



काठमाडौं ।  साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज  दोस्रो खेल खेल्दैछ । नेपालले दोस्रो खेलमा आयोजक तथा बलियो टोली बंगलादेशको सामना गर्नेछ । ढाकामा हुने खेल दिउँसो सवा ४ बजे सुरु हुनेछ ।

नेपाल आज लगातार दोस्रो जितको योजनामा हुनेछ । तर, बंगलादेशविरुद्ध नेपाललाई सहज हुने छैन ।  बंगलादेश पनि आज लगातार दोस्रो जितको खोजीमा हुनेछ ।

आफ्नो पहिलो खेलमा नेपाल र बंगलादेश दुबैले भुटानलाई हराएको थियो । बिहीबार भएको खेलमा नेपालले भुटानलाई ७–० गोलले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो । 

नेपाल ३ अंक जोडेर दोस्रो स्थानमा छ। बंगलादेश ३ अंक जोडेर शीर्ष स्थान रहेको छ । भुटान अंक विहीन रहदै पुछारमा छ।च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ ।

डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार ०७:३८   :  बजे

141
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।