Logo

मनोरञ्जन

उषाको स्वरमा स्मारिका र किरण अभिनित ‘माया थिएन भने’ सार्वजनिक (भिडियोसहित)



काठमाडौं । विगत लामो समयदेखि सांगीतिक क्षेत्रमा क्रिसय गायिका उषा मलाहा सिमरनको नयाँ गीत ‘माया थिएन भने’ सार्वजनिक भएको छ । गीतमा राज कुमारको शब्द र संगीत रहेको छ ।

गीतको भिडियोमा ‘दुई नम्बरी’ निर्माता किरण नेपाली र चर्चित मोडल तथा टिकटकर स्मारिका ढकालको अभिनय रहेको छ भने उनीहरुलाई अर्की मोडल डिम्पल खरेल र सतिश सिंह खत्रीले साथ दिएका छन् । समसामयिक बिषयवस्तुलाई ध्यानमा राखेर बनाइएको भिडियोले गीतलाई धेरै हदसम्म न्याय गर्ने कोशिस गरेको छ । निर्माता नेपालीले पनि अब्बल कलाकारको रुपमा यसै भिडियोमार्फत आफूलाई प्रमाणित गरेका छन् ।

सोनी राईको श्रृङ्गार , खेम थापा मगरको छायाँकन रहेको भिडियोमा गीतकार संगीतकार राज कुमारकै सम्पादन तथा निर्देशन रहेको छ । भिडियो एक्का कम्पनी युटुयब च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस्

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार ११:५८   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।