Logo

प्रमुख समाचार

नागरिकका सामान्य आवश्यकता समेत पूरा नगरिएका देख्दा मलाई दुःख लाग्यो : विनोद चौधरी



नवलपरासी पश्चिम । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पश्चिम नवलपरासी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उमेदवार विनोद चौधरीले जनताका सामान्य आवश्यक्तासमेत पूरा नगरिएको बताएका छन् । नागरिकको नैसर्गिक अधिकारभित्र पर्ने समामान्य आवश्यक्ता समेत पूरा नगरिएको देख्दा आफूलाई पीडा बोध भएको उनले बताएका छन् ।

‘गरिखाने सामान्य नागरिकको माग भरपर्दो स्वास्थ्य, शिक्षा र नैसर्गिक अधिकारको प्रत्याभूती हुने वातावरणको सुनिश्चितता मात्रै हो’, काङ्ग्रेस वडा कार्यसमिति बर्दघाट ९ ले आज भुताहामा गरेको कार्यक्रममा बोल्दै चौधरीले भने, ‘तर नीहरुका सपनामाथि सधैँ खेलवाड गरियो । २७ दिन म यो क्षेत्रमा डुलेँ । नागरिकका सामान्य भन्दा सामान्य आवश्यकता समेत पूरा नभएको देख्दा मलाई पीडा लाग्यो, जुन नागरिककोको नैसर्गिक अधिकार भित्र पर्छन् ।’

नेता चौधरीले प्रतिस्पर्धी हृदयेश त्रिपाठीतर्फ लक्षित गर्दै भने, ‘हरेक चुनावमा रङ बलदिएर यता उति गरेर चुनाव जितिरहने तर मतदाताको भावनामाथी कुठाराघात गरेर सधैँ यो क्षेत्रलाई उपेक्षामा राखिराख्ने यो कस्तो प्रवृत्ति हो ?’ त्यहाँका स्वास्थ्य संस्था, शैक्षिक अवस्था, गाउँ वस्तीका बाटाघाटाको अवस्था र उनीहरुको जीवनस्तर हेर्दा राज्यको उपस्थिति नै नभएको हो कि जस्तो महसुस भएको चौधरीले बताए ।यो कसका कारणले भएको हो भन्दै उनले प्रश्न गरे । ‘एकै पटकमा आमूल परिवर्तन ल्याउन नसकिएला तर २५ औं वर्षसम्म शून्य उपलब्धि हुँदा फेरि पनि उनीहरुलाई नै पत्यादिनु पर्ने कारण के भन्दै चौधरीले आक्रोश व्यक्त गरे ।

चौधरीले विपक्षी दलहरुलाई कटाक्ष गर्दै आफूलाई लगाएको आरोप पराजित मानसिकताको उपज बाहेक केही नभएको बताए । ‘मलाई लगाइएको आरोप पाराजित मानसिकताको उपजबाहेक केही होइन । मैले विश्वमाझ नेपाललाई चिनाएको छु । म तपाईँहरुको प्रतिनिधि पात्र हुँ । त्यसैले कसैले राजनीतिक भाषा योप्रग गरेर मेरो विरुद्धमा २÷४ मिनेट भाषण गर्दैमा मेरो हाइट घट्दैन । म बिचलित हुन्न ।’

सुस्ता, प्रतापपुरका जनताले आफ्नो जग्गा धितो राखेर ऋण नपाउने अवस्था रहेको भन्दै चरम पीडामा यहाँका नागरिक रहँदा वर्षौैंसम्म उनीहरुको पिडामा मल्हम लाउन विगतका जनप्रतिनिधिले नसकेको बताए । त्यस्ता नेतृत्वको नैतिकतामाथिनै प्रश्न उठेको चौधरीको भनाइ थियो ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार १३:०५   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।