काठमाडौं । बंगलादेशमा जारी साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले बंगलादेशविरुद्ध पनि जित निकालेकाे छ । पहिलो खेलमा बिहीबार भुटानलाई ७–० गोल अन्तरले हराएको नेपालले लगातार दोस्रो जित निकाल्ने क्रममा आज शनिबार बंगालदेशलाई १–० गोल अन्तरले हराएकाे हाे ।
घरेलु टोलीविरुद्धकाे खेलमा वर्षा ओलीले निर्णायक गोल गरिन् । उनले खेलको ८७ औं मिनेटमा गोल गरेकी थिइन् । यस जितसँगै नेपालले २ खेलमा ६ अंक जोडेको छ । नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
नेपालले पहिलो खेलमा बिहीबार भुटानलाई ७–० गोल अन्तरले हराएको थियो । बंगलादेश २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । बंगलादेशले पहिलो खेलमा भुटानलाई ८–० गोल अन्तरले हराएको थियो ।
अब नेपालले बुधबार भुटान र शुक्रबार पुनः बंगलादेशसँग खेल्नेछ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ । डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।




















प्रतिक्रिया