Logo

अर्थ

जाल्पा सामुदायिक लघुवित्तको ७३ प्रतिशत लाभांस घोषणा



काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड (JALPA)ले आर्थिक बर्ष २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट ७३ प्रतिशत बोनस शेयर र ३.८४२१ प्रतिशत नगद लाभांस घाेषणा गरेका छ। लघुवित्तको कार्तिक १९ गते शनिबार बसेको ९१औं संचालक समितिको बैठकले सो सम्बन्धी निर्णय गरेको हो ।

जाल्पा सामुदायिक लघुवित्तले आर्थिक बर्ष २०७८/७९ सम्म सञ्चित रहेको मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी रु १६ करोडको ७३५ ले हुन आउने रकम रु ११ करोड ६८ लाख बराबरको बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ ३.८४२१५ ले हुन आउने रु ६१ लाख ४७ हजार ३६८.४२ बराबरको नगद लाभांश प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती पश्चात साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आईतवार ११:१९   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।