काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्टलाई पुत्रीलाभ भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार आइतबार उनले एचएन रिलायन्स अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् ।
अहिले उनका परिवार र आफन्त त्यहाँ पुगिरहेका छन् ।
आलियाले गत १ वैशाखामा बलिउड अभिनेता रणवीर कपूरसँग विवाह गरेकी थिइन् । उनीहरूले पछिल्लो समय ‘बह्मास्त्र’ मा एकसाथ काम गरेका थिए ।
यसअघि आलियाले आफू अस्पतालमा रहेको तस्वीर सेयर गर्दै आफूहरुको बच्चा चाँडै आउन लागेको उल्लेख गरेकी थिइन् ।





















प्रतिक्रिया