Logo

अर्थ

सेयर बजारमा हरियाली, नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढ्यो



काठमाडौं । साताको पहिलो कारोबार सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । सेयर दिन सेयर बजार २.२५ प्रतिशतले बढेको छ । आइतबार सेयर बजार कारोबार मापक नेप्से परिसूचक ४३.२० अंकले बढेर १९६५.३६ बिन्दुमा उक्लिएको छ ।

यता, ठूला तथा बलिया कम्पनीको कारोबर मापक सेन्सेटिभ परिसूचक पनि ८.०९ अंकले बढेर ३८७.५२ बिन्दुमा रोकिएको छ ।कारोबार अवधिभर २२८ कम्पनीको ३९ लाख १३ हजार ५७३ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ५४ करोड ८० लाख ३२ हजार ५६१ रुपैयाँको कारोबार भएको छ ।

कुल १३ उपसमूहमध्ये म्युचुअल फण्डबाहेक अन्य सबै सूचकमा हरियाली छाएको छ । आज फाइनान्स, लघुवित्त र अन्य समूहमा लगानीकर्ता आकर्षित भएका छन् । आज १८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १ कम्पनीको मात्र सेयर मूल्य घटेको छ ।

यस दिन बम्पर लाभांश घोषणा गरेको जाल्पा सामुदायिक लघुवित्तसहित मानुषी लघुवित्त, नेष्डो समृद्ध लघुवित्त र उपकर लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यी कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आईतवार १५:३१   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।