Logo

राजनीति

संविधानको रक्षाका साथै विकास निर्माणमा गठबन्धन प्रतिबद्ध छ : वरिष्ठ नेता पौडेल



दमाैली । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेलले निर्वाचनपछि पनि गठबन्धनको सरकार बन्ने बताएका छन् । तनहुँको बन्दीपुर गाउँपालिका–३ रामकोटमा आज आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले मङ्सिर ४ गतेपछि पनि अहिलेकै गठबन्धनले निरन्तरता पाउने बताए ।

“चुनावपछि पनि मिलेर गठबन्धनको सरकार बनाउँछौ, गठबन्धनले मिलेर देश विकास गर्छ”, पौडेलले भने, “संविधानको रक्षाका साथै विकास निर्माणमा गठबन्धन प्रतिबद्ध छ ।” संविधानले प्रत्याभूत गरेको अधिकार रक्षाका लागि गठबन्धन बनेको बताउँदै पौडेलले गाउँगाउँमा जनताले पाएको अधिकार रक्षा गरिने दाबी गरे ।

देशमा लगानी भित्र्याएर उद्योग कलकारखाना स्थापना गर्ने र युवालाई स्वदेशमै रोजगारी प्रदान गरिने पौडेलको भनाइ थियो । “उद्योगधन्दा खोलेर युवालाई विदेश जान नपर्ने बनाउँछौँ”, पौडेलले भने । वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट तनहुँ १ प्रदेश २ का उम्मेदवार हरिबहादुर चुमानले यस क्षेत्रका जनताका समस्याबारे आफूहरु जानकार रहेको भन्दै समस्या समाधानमा क्रियाशील हुने बताए ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आईतवार २१:१७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।