काठमाडौं । आर्सनल इंग्लिस प्रिमियर लिगमा फेरि शीर्ष स्थानमा उक्लिएको छ । आइतबार साँझ भएको खेलमा चेल्सीलाई १–० ले पराजित गर्दै आर्सनल लिगको शीर्ष स्थानमा फर्किएको हो ।
आर्सनलले चेल्सीलाई उसकै गृहमैदान स्टामफोर्ड ब्रिजमा पराजित गर्दा गाब्रियल मागल्हेसले गरेको गोल निर्णायक बन्यो । खेलको ६३ औं मिनेटमा उनले गोल गरेका थिए ।
जितसँगै आर्सनलले १३ खेलमा ३४ अंक जोडेको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा आर्सनल २ अंकले अघि रहेको छ । चेल्सी भने २१ अंक जोडेर तालिकाको ७औं स्थानमा छ ।
यसअघि शनिबारको खेलमा फुलह्यामलाई पराजित गर्दै म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको थियो । १३ खेल नै खेलेको सिटी ३२ अंकका साथ दोस्रो स्थानमा छ ।




















प्रतिक्रिया