नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने दावी गरेका छन् ।
रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभाको प्रत्यक्षतर्फका उम्मेदवार समेत रहेका पौडेलले आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने र राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादीसँगै मिलेर सरकार बनाउने जिकिर समेत गरे ।
उपाध्यक्ष पौडेलले एमाले एक्लैले निर्वाचनमा बहुमत ल्याउने भए पनि राष्ट्रिय प्रजातन्त्र पार्टी र जसपासँग पनि सहकार्य गरेकाले यो सहकार्यलाई निरन्तरता दिने बताए ।
पूर्व अर्थमन्त्री समेत रहेका पौडेलले खेल क्षेत्रको विकासको लागि राष्ट्रले गर्ने लगानी व्यर्थको नभई राष्ट्रले गर्नै पर्ने लगानी भएको बताए ।
उनले खेल र खेलाडीको क्षेत्रलाई फराकिलो गरी विकास गर्ने बताउँदै खेल क्षेत्रको सम्पूर्ण समस्या समाधान गर्न आफू तयार रहेको जानकारी दिए ।
उनले रुपन्देही २ मा एमालेलाई धेरै फराकिलो मतान्तरले विजयी गराउन लागि सहयोग गर्न खेलाडीहरूलाई आग्रह समेत गरे ।




















प्रतिक्रिया