Logo

अर्थ

तोलामा तीन सय रुपैयाँले घट्यो सुनको मूल्इ, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा तीन सय रुपैयाँ घटेर कारोबार भइरहेको छ ।

सोमबार ९४ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा ९४ हजारमा कारोबार भइरहेको छ । आज तेजावी सुन ९३ हजार ५०० सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी तोलामा १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलवार ११:४६   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।