Logo

मनोरञ्जन

आर्यन र बेनिशाकाे ‘आउन राजा’ सार्वजनिक (भिडियाेसहित)



काठमाडौं । मंसीर महिना लाग्ने बित्तिकै नेपाली समाजमा विवाहको मौसम आएको मानिन्छ । शुभ मुहूर्तमा बाजागाजाका साथ वैदिक रीतले विवाह गर्ने हाम्रो सनातन परिपाटी रहेको पाइन्छ ।

हामीकहाँ विवाहलाई एक यस्तो बन्धन मानिन्छ, जो केवल शरीरको मात्र नभई मन र आत्माको पवित्र बन्धन हुन्छ । वैदिक संस्कृति अनुसार जीवनको महत्त्वपूर्ण सोह्र संस्कारमध्ये विवाह पनि एक हो । यस संस्कार विना जीवन अपूर्ण मानिन्छ । हाम्रो मात्रै सभ्यतामा नभएर संसारभरकै सभ्यताहरूमा विवाहलाई मानव जीवनका लागि अति नै महत्पूर्ण मानिन्छ ।

यस्तैमा, अभिनेत्री बेनिशा हमाल र अभिनेता आर्यन सिग्देलको अभिनय रहेको नयाँ भिडियो ‘आउन राजा’ सार्वजनिक गरिएको छ। गायिका दीक्षा जे थापा र गायक एस डी योगीको स्वरमा रहेको गीतमा हर्क साउदको शब्द रचना रहेको छ भने, एसडी योगीको सङ्गीत रहेको छ।

निखारिएको अभिनय गर्ने अभिनेत्री बेनिशाले आफ्नै प्रोडक्शन कम्पनीबाट पहिलो गीत मौरी पिक्चर्सबाट सार्वजनिक गरेकी हुन् । निर्देशक निकेश खड्काको टिमले भिडियो उत्कृष्ट बनाएको निर्माण कम्पनीले जनाएकाे छ । भिडियोमा एक युवतिले बिहेको सपना बुन्दै एक युवकको कल्पना गरेको कथालाई निर्देशक खड्काले प्रस्तुत गरेका छन् ।

हरी हुमागाईँले छायाङ्कन गरेको भिडियोको कोरियोग्राफी सुभम भुजेलले गरेका हुन् । चानस पुन मगरको भिएफएक्स रहेको भिडियोमा सम्पादन प्रविन श्रेष्ठले गरेका छन् । यस भिडियोको कार्यकारी निर्माता केदार भुषाल हुन् । बेनिशाले अभिनय गरेको फिल्म ‘प्रेमगञ्ज’ भदौमा रिलिज भएको थियो ।

भिडियाे हेर्नुहाेस्

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलवार १३:५५   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।