Logo

प्रमुख समाचार

विरोध खतिवडामाथि चुनावी सभामै थप्पड प्रहार



हेटौंडा । नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वमन्त्री विराेध खतिवडामाथि थप्पड प्रहार भएकाे छ । सत्ता गठबन्धनका तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार रहेका खतिवडामाथि आज कुटपिट भएका हाे ।

मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेमा चुनावी सभामा जाने नेता खतिवडामाथि कुटपिट भएको हो । सभास्थलमा आइपुगेका खतिवडालाई गाडीबाट ओर्लनेबित्तिकै हेटौंडा उपमहानगरपालिका–२ का अन्दाजी ५५ बर्षीय पुरुषोत्तम खड्काले हातपात गरेका बताइएको छ ।

खड्कालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइएको प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रारम्भिक अनुसन्धानमा खड्काले मादक पदार्थ सेवन गरेको पाइएको र पुरानो रिसइबी समेत रहेको उनले बताए ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलवार १६:२०   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।