Logo

प्रमुख समाचार

अब अन्तरिम आदेश दिएका न्यायाधीशले पुनः सोही मुद्दा हेर्न सक्ने



काठमाडौं । अब सर्वोच्चका न्यायाधीशहरूले आफैँले अन्तरिम आदेश गरेको र प्रत्यर्थी झिकाएको मुद्दाहरू पुनः हेर्न सक्ने भएका छन् । सर्वोच्च अदालतको १६ कात्तिकमा बसेको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो । गर्दै उच्च अदालतका न्यायाधीशलाई पनि यस्तो गर्न सक्ने भनी पत्र पठाइने भएको छ ।

पछिल्लो समय आफैँले कुनैमा अन्तरिम आदेश दिएको वा प्रत्यर्थी झिकाउने आदेश दिएका मुद्दा इजलासमा पर्दा ‘हेर्न नमिल्ने’ मा पर्दै आएका छन् । गोलाप्रथा लागू भएदेखि यो ठूलो समस्याका रूपमा रहेको भए पनि सर्वोच्चको यो निर्णयपछि अब यस्तो समस्या देखा नपर्ने अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले बताए ।

उच्च वा पुनरावेदन हुँदै सर्वोच्चका न्यायाधीश रहेकाहरूले उच्चमा हुँदा गरेका अन्तरिम र प्रत्यर्थी झिकाउने आदेशले सर्वोच्चमा सोही मुद्दा आउँदा ‘हेर्न नमिल्ने’ जनाउ दिँदै आएका थिए । अब भने त्यस समय ‘स्पष्ट राय वा इन्साफमा फरक पर्न सक्ने प्रकृतिको तथ्यमा प्रवेश गरी आदेश गरिएको नभएमा सो आदेश गर्ने तथा अल्पकालीन अन्तरिम आदेश वा अन्तरिम आदेशमा स्पष्ट राय व्यक्त नगरी आदेश जारी गर्ने’ न्यायाधीशले समेत ती मुद्दाहरूको सुनुवाइ गर्न पाउनेछन्।

निर्णयहरु हेर्नुहोस्

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलवार २१:०१   :  बजे

174
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।