Logo

खेलकुद

साफ यू-१५ : बुधबार भुटानसँग प्रतिस्पर्धा गर्दै नेपाल



काठमाडौं । बंगलादेशमा जारी साफ यू-१५ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले आज (बुधबार) तेस्रो खेल खेल्दैछ । तेस्रो खेलमा नेपालले भुटानको सामना गर्दै छ । 

नेपाल र भुटानबीचको खेल बुधबार दिउँसो ४:१५ बजे ढाकामा सुरु हुनेछ । नेपाल आफ्नो अपराजित यात्रालाई जारी राख्दै तेस्रो जितको खोजीमा हुनेछ । नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ७–० गोलले हराएको थियो । 

यस्तै, दोस्रो खेलमा नेपालले आयोजक बंगलादेशलाई १–० गोलले हराएको थियो । २ खेलबाट ६ अंक जोडेको नेपाल तालिकाको दोस्रो स्थानमा छ। ३ खेल खेलेको बंगलादेश ६ अंकसहित शीर्ष स्थानमा छ । भुटान भने अंकविहीन रहँदै पुछारमा छ। 

प्रतियोगितामा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ । नेपालले अन्तिम खेलमा शुक्रबार बंगलादेशसँग खेल्नेछ । डबल राउण्ड रोबिन लिगको आधारमा भइरहेको प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार ०७:४८   :  बजे

189
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।