Logo

खेलकुद

जिनाब्रीको ह्याट्रिकमा बायर्नको फराकिलो जित



काठमाडौं । सेर्जी जिनाब्रीको ह्याट्रिकमा जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले फराकिलो जित निकालेको छ । मंगलबार राति भएको खेलमा बायर्नले वेर्डेर ब्रेमेनलाई ६–१ गोल अन्तरले हराएको हो ।

बायर्नको जितमा सेर्जी जिनाब्रीले ह्याट्रिक गरे । पहिलो हाफमा चार गोल गरेको बायर्नले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । जितसँगै बायर्नले १४ खेलमा ३१ अंक जोडेको छ । बायर्न शीर्ष स्थानमा छ ।

वेर्डेर २१ अंक जोडेर सातौं स्थानमा छ । बुन्डेसलिगा अन्तर्गत नै मंगलबार राति भएको खेलमा भीएफबी स्टगार्डले हर्थलाई २–१ गोल अन्तरले हराएको छ । एजेन्सी

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार ०८:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।