Logo

प्रमुख समाचार

जनपक्षीय कामलाई निरन्तरता दिने बानियाँको प्रतिवद्धता



हेटौंडा । लोकतान्त्रिक बाम गठबन्धनबाट मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ को प्रदेश सभा (२) का उम्मेदवार ईन्द्रबहादुर बानियाँले घरदैलो अभियानलाई तिब्रता दिएका छन् ।

बुधबार बिहान बानियाँ, क्षेत्र नम्बर २ बाट गठबन्धनका उम्मेदवार रहेका विरोध खतिवडा सँगसँगै हेटौंडा–३ नम्बर वडाका मतदाताको घरघरमा मत माग्न पुगेका छन् । घरदैलोको क्रममा बानियाँ र खतिवडाले मतदाताहरुलाई गठबनधनले बोकेको एजेन्डा र आम जनताको लागि तयार गरिएको योजनाहरु बताउँदै गठबन्धनको पक्षमा मतदान गर्न अनुरोध गरे ।

घरदैलो कार्यक्रममा बोलदै कांग्रेस बागमती प्रदेशका सभापति समेत रहेका बानियाँले आफू लामो समयदेखि जनताको पीर मर्का र दुःख सुखमा साथै रहेको भन्दै आगामी दिनमा पनि जनपक्षीय कामलाई निरन्तरता दिने प्रतिवद्धता जनाए । निर्वाचनमा कहिले जनतामाझ नआउनेहरु पनि उम्मेदवार भई झुठा आश्वासन बोकेर गाउँघरमा आउने गरेकोले उनीहरुको भ्रममा नपर्न बानियाँले आग्रह समेत गरे ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार १४:०४   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।