Logo

मनोरञ्जन

थानेश्वर र शान्तीश्रीको स्वरमा रहेकाे गीत ‘अतीत भुल्ने दबाई’ सार्वजनिक



काठमाडौं । गायक थानेश्वर गौतम र गायिका शान्तीश्री परियारको स्वरमा ‘अतीत भुल्ने दबाई’ बोलको गीत सार्वजनिक भएको छ । 

बुधवार ‘बादल घिमिरे’ युट्युब च्यानलमार्फत प्रेम विरहको गीत सार्वजनिक भएको हो । स्वाभिमान सुवेदीको मनछुने शब्द रहेको गीतमा थानेश्वर स्वयंले संगीत भरेका हुन् भने कमल सौरागले संगीत संयोजन गरेका छन् । 

विनोद भण्डारीको कथा एवं निर्देशनमा ग्रामीण परिवेशमा रहेर गीतको भिडियो तयार पारिएको हो । स्मारिका ढकाल, गीतकार स्वाभिमानसँगै प्रकाश घिमिरेको भिडियोमा अभिनय छ । 

नवराज उप्रेतीको छायाँकन, मनोज कार्कीको सम्पादनपश्चात भिडियो सार्वजनिक भएको हो ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार १४:४५   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।