Logo

खेलकुद

यू–१५ महिला च्याम्पियनसिप : भुटानलाई हराउँदै नेपाल शीर्ष स्थानमा



काठमाडौं । बंगलादेशमा जारी साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले लगातार तेस्रो जित निकालेको छ । ढाकामा बुधबार भएको खेलमा भुटानलाई १–० गोल अन्तरले हराउँदै नेपालले लगातार तेस्रो जित निकालेको हो ।

नेपालको जितमा सेनु परियारले निर्णायक गोल गरिन् । सेनुले खेलको ४९ औं मिनेटमा गोल गरेकी हुन् । सेनु वर्षा ओलीकोन स्थामा मैदान प्रवेश गरेकी थिइन् । भुटानमाथि नेपालको यो लगातार दोस्रो जित हो । पहिलो भेटमा नेपालले भुटानलाई ७–० गोलले हराएको थियो ।

यस जितसँगै नेपालले ३ खेलमा ९ अंक जोडेको छ । नेपाल शीर्ष स्थानमा उक्लिएको छ । भुटान अंक विहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ । भुटानले ४ खेलमै हार व्यहोर्यो ।

आयोजक बंगलादेश ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । अब नेपालले अन्तिम खेलमा शुक्रबार बंगलादेशको सामना गर्नेछ । उक्त खेल फाइनल सरहको हुनेछ ।

च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ । डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्ने छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार १८:१४   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।