वीरगञ्ज । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादवले आफ्नो मात्र नभइ आफना सन्तति र भविष्यका पुस्ताका लागि सहि उम्मेदवार चुन्न मतदातालाई आह्वान गरेका छन् ।वीरगञ्ज महानगरपालिका ३२ मा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै जसपा–एमाले गठबन्नधका उम्मेदवार यादवले भने, ‘तपाइको एउटा मत गलत व्याक्तिलाई जादा तपाईँले मात्रै होइन, तपाईँका सन्ततिले पनि दुःख पाउँछन्, त्यस कारण सही उम्मेदवारलाई चुन्नु होला ।’
उनी आफू जसपा–एमाले गठबन्धनको साझा उम्मेदवार भएको बताउँदै भने, ‘प्रदीप यादवको जित जसपा र एमाले दुवैको जित हो, प्रदेशसभा सदस्यमा विचारी यादवको जित पनि दुवै पार्टीका कार्यकर्ताको जित हो ।’ यादवले २०७४ को चुनावमा जनताकै आशीवार्दले आफूले चुनाव जिको र आफूले जनताको शीर कहिल्यै पनि झुक्न नदिएको बताए ।
तर २०७४ भन्दा पहिले पर्सा १ मा जितेका सांसदहरुले के गरे ? सांसदको पाँच वर्षे कार्यकाल कसरी बिताए ? यो सब जनतालाई थाहा नै भएको उनले बताए । यादवले भने, ‘यो क्षेत्रबाट जितेका नेता प्रधानमन्त्री पनि भए, तर उनले के गरे ? एक टिप ग्राभेल पनि यो क्षेत्रको सडकमा खसाएनन्, जितेर गएपछि यो क्षेत्र त के पर्सा जिल्लामै एकपटक पनि फर्किएर आएनन् ।’
यसअघि २०६४ मा सांसदमा जितेका अजय द्धिवेदी अहिले फेरि चुनाव लडेको र जनताका माझ भोट माग्न आइरहेको भन्दै यादवले भने, ‘अजय जी अहिले जनताका माझ भोट माग्न आइरहनु भएको छ, अब जनताले अजय जीलाई सोध्नु होला सांसद् जितेका बेला यो क्षेत्रमा पाँच वर्षमा के गर्नुभयो ?’




















प्रतिक्रिया