Logo

खेलकुद

एम्बाप्पेसहित फ्रान्सको विश्वकप खेल्ने टिम घोषणा



पेरिस । साविक विजेता फ्रान्सको १० दिनपछि कतारमा सुरु हुने विश्वकप खेल्ने २६ सदस्यीय टीम घोषणा भएको छ । बुधबार राति फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेस्च्याम्पले युवा खेलाडीको बाहुल्य भएको फ्रेन्च टिम घोषणा गरेका हुन् ।

म्यानचेस्टर युनाइटेडका डिफेन्डर राफेल भरानले पनि फ्रेन्च टिममा समावेश भएका छन् । भरानसँगै आर्सनलमा उत्कृष्ट लयमा रहेका विलियम सालिबा पनि डेस्च्याम्पको रोजाईमा परेका छन् ।

यस्तै, फ्रेन्च टिमबाट सर्वकालिन सर्वाधिक गोलकर्ताको सूचीमा थिएरी अन्री (५१)भन्दा दुई गोल मात्रै पछाडि रहेका ओलिभर जिरुड पनि परेका छन् । एसी मिलानमा उत्कृष्ट लयमा रहेका ३६ वर्षीय जिरुडले क्लबका लागि १८ खेलमा ९ गोल गरेका छन् ।

जारी सिजन लिभरपुलबाट चार खेलमा मात्रै मौका पाएका कोनाटेले पनि विश्वकपमा स्थान बनाएका छन् । चार वर्षअघि डेस्च्याम्पको टिम रुसमा च्याम्पियन बन्दा मुख्य सदस्य रहेका मिडफिल्डर पौल पोग्बा र एन गोलो कान्टेले चोटका कारण विश्वकप गुमाउने हुँदा रियाल मड्रिडका युवा खेलाडीहरू एडुवार्डो कामाभिङ्गा र औरेलिन चोआमेनीले मौका पाएका छन् ।

फ्रान्सको २६ सदस्यीय टिम

गोलकिपर : अल्फोन्से एरियोला, हुगो लोरिस, स्टिभ मान्डन्डा

डिफेन्डर : लुकास हर्नान्डेज, थिओ हर्नान्डेज, प्रेस्नेल किम्पेम्बे, इब्राहिम कोनाटे, जुलेस कोन्डे, बेन्जामिन पाभार्ड, विलियम सालिबा, डायोट उपामेकानो, राफेल भरान

मिडफिल्डर : एडुवार्डो कामाभिङ्गा, युसुफ फोफाना, माटेओ ग्वेन्डोजी, एड्रियन राबियो, औरेलिन चोआमेनी, जोर्डन भेरेटौट

फरवार्ड : करिम बेन्जिमा, किङ्ग्स्ले कोम्यान, ओसुमाने डेम्बेले, ओलिभर जिरुड, एन्टोइन ग्रिजम्यान, किलियान एम्बाप्पे, क्रिस्टोफर एन्कुन्कु

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार ०७:१६   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।