Logo

कोशी प्रदेश

मोरङ ३ (१) मा आज उम्मेदवारी दर्ता हुने



विराटनगर । मोरङ ३ प्रदेशसभा (१) मा आज बिहीबार उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ ।

नेपाली कांग्रेसका उम्मेदवार रहेका शेखरचन्द्र थापाको बुधबार निधन भएपछि यो क्षेत्रमा आज बिहीबार फेरि उम्मेदवारको मनोनयन दर्ता गरिन लागिएको हो । मनोनयन दर्ता कांग्रेसबाट मात्र हुनेछ । यसअघि मनोनयन दर्ता भएर चुनावी प्रचारमा रहेका उम्मेदवारहरुको उम्मेदवारी कायमै रहनेछ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता गर्न सकिनेछ ।

उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची पनि आज अपराह्न ४ बजेभित्र प्रकाशित हुनेछ । उम्मेदवारको विरोधमा अपराह्न ४ बजेपछि ५ बजेसम्म सूचना दिन सकिनेछ ।

उम्मेदवारको नामावली शुक्रबार फिर्ता लिन पाइनेछ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन शुक्रबार अपराह्न ३ बजेसम्म हुनेछ । उम्मेदवारलाई शुक्रबार अपराह्न चिन्ह दिइने आयोगले जनाएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार ०७:५५   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।