Logo

खेलकुद

प्रधानमन्त्री कप : पहिलो सेमिफाइनलमा आज एपीएफ र मधेस प्रदेश खेल्दै



काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा आज पहिलो सेमिफाइनल खेल हुँदैछ ।

काठमाडौंको कीर्तिपुर मैदानमा फाइनल पुग्न विभागीय टोली एपीएफ क्लब र मधेस प्रदेशबीच खेल हुँदैछ । खेल बिहान साढे ९ बजेदेखि सुरु हुनेछ । एपीएफ समूह ‘ए’ को विजेता तथा मधेस समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।

दोस्रो सेमिफाइनलमा भोलि पुलिस क्लब र त्रिभुवन आर्मीबीच खेल हुनेछ । प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पाउने छन् । 

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार ०९:२०   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।