Logo

खेलकुद

नेपाली टिम सहभागी पब्जीको विश्वकप आजदेखि



काठमाडौं । पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) आज बिहीबारदेखि मलेसियामा सुरु हुँदैछ । पब्जीको सबैभन्दा ठूलो प्रतियोगिता मध्येको एक पीएमजीसीमा नेपालसहित विश्वभरका टिमहरू प्रतिस्पर्धा गर्दैछन् । 

नेपाली समयअनुसार दिउँसो ३ः३० देखि यो प्रतियोगिता सुरु हुने प्रतियाेगितामा नेपालबाट डीआरएस गेमिङ, ट्रेन टु किल र स्काइलाइट गेमिङ गरी तीन टिमले यो प्रतियोगितामा सहभागिता जनाउने छन् । यी टिम पब्जी मोबाइल प्रो लिग साउथ एसिया फल च्याम्पियनशिपबाट यसका लागि छनौटमा परेका हुन् ।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यो प्रतियोगिता तीन चरणमा सम्पन्न हुनेछ ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार १०:१९   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।