Logo

कोशी प्रदेश

मोरङ–३ (१) मा कांग्रेसले मानबहादुर लिम्बुलाई दियो टिकट



विराटनगर । मोरङ निर्वाचन क्षेत्र नम्बर ३ को १ प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसले मानबहादुर लिम्बुलाई टिकट दिने भएको छ । बेलबारी ८ निवासी लिम्बु कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेविसंघ मोरङका पूर्व सभापति हुन् ।

प्रदेशका वन, वातावरण तथा भू–संरक्षणमन्त्री समेत रहेका उक्त क्षेत्रका उम्मेदवार शेखरचन्द्र थापाको मृत्यु भएपछि निर्वाचन आयोगले काँग्रेसलाई नयाँ उम्मेदवारको मनोनयनका लागि आज दिउँसो १ बजेसम्मको समय दिएको छ । कांग्रेस प्रदेश १ का उपसभापति रमेशजंग रायमाझीले लिम्बुले टिकट पाएको पुष्टि गरे ।

लिम्बूले टिकट पाएसँगै अब एमालेबाट उम्मेदवार बनेका दिलिप राईसँग उनले प्रतिस्पर्धा गर्ने भएका छन् । थापाको बुधबार बिहान १० बजेर ४० मिनेटमा नोबेल अस्पतालमा निधन भएको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार ११:०५   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।