Logo

अर्थ

मेगा क्यापिटलको साधारणसभा मंसिर १६ मा, २४.५ प्रतिशत लाभांश प्रस्ताव



काठमाडौं । मेगा क्यापिटल मार्केट्स लिमिटेडले पाँचौँ वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा मंसिर १६ गते फेयरफिल्ड बाई म्यारियट काठमाडौंमा दिउँसो ३ः३० बजे सुरु हुनेछ ।

सभाले चुक्ता पुँजी ४ करोड ९ लाख रुपैयाँको २४.५ प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ । साधारणसभाले आर्थिक वर्ष २०७८/७९ को आर्थिक प्रतिवेदनको अनुमोदन गर्नेछ ।

यसका साथै, वित्तीय रिपोर्टहरू र नगद प्रवाह रिपोर्टहरूसहित लेखा परीक्षकको प्रतिवेदनमाथि छफल गरी पारित गर्नुका साथै, आर्थिक वर्ष २०७९/८० का लागि लेखा परीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक समेत निर्धारण गर्नेछ ।

त्यसैगरी, मर्जर सम्बन्धी सबै आवश्यक प्रक्रियाहरू पूरा गर्न र संघको ज्ञापनपत्र र धारालाई परिमार्जन गर्न सञ्चालकलाई पूर्ण अधिकार दिने लगायतका एजेन्डा पनि पारित गर्नेछ ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार १२:१२   :  बजे

192
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।