Logo

राजनीति

मौलिक जरोकिलो पार्टीका उम्मेदवार खड्का एमाले प्रवेश, पोखरेललाई समर्थन



दाङ । मौलिक जरोकिलो पार्टीबाट दाङ क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका रामचन्द्र खड्का नेकपा एमाले प्रवेश गरेका छन् ।उनले गत असोज २३ मा उम्मेदवारी दर्ता गरेका थिए ।

खड्काले मौलिक जरोकिलो पार्टीको साधारण सदस्यसमेत परित्याग गर्दै एमालेमा प्रवेश गरेको घोषणा गरेका छन् । उनले आफ्नो उम्मेदवारी निस्कृय बनाउँदै नेकपा एमालेका उम्मेदवारसमेत रहेका महासचिव शंकर पोखरेललाई समर्थन गर्ने घोषणा गरेका छन् ।

साथै राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार कृष्णवीर नेपालीले दाङ क्षेत्र नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार कोमल वलीलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निस्कृय बनाएका छन् ।

कृष्णवीर जनमुक्ति पार्टी परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार १३:३६   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।