Logo

प्रमुख समाचार

अस्वस्थताका बिच पनि प्रदीप पौडेललाई जिताउन घरदैलोमा नरहरि आचार्य



काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडल चुनावी मैदानमा छन् । पहिलो पटक प्रतिनिधिसभामा उम्मेदवारी दिएका उनलाई जिताउन सोही क्षेत्रबाट टिकट खोजेका अर्थशास्त्री डा. स्वर्णिम वाग्ले पनि प्रचारमा खुलेर लागेका छन् । जसकारण पार्टीको मत जोगाउन पौडेललाई कुनै चुनौती देखिँदैन ।

यता विगतमा ईश्वरलाई नै पराजित गरेका नरहरि आचार्यसमेत अस्वस्थताका बीच पनि प्रदीप पौडेलको प्रचारमा जुटेका छन् । संघीय सांसद् र स्थानीय तहबीच समन्वय हुन सकेन भन्ने गुनासो, अति सामान्य काम पनि भएन भन्ने गुनासो र जितेर गएका व्यक्ति फर्केर आएनन् भन्ने गुनासो त्यस क्षेत्रका मतदाताहरूले गरेको उनले बताए ।

सोही क्षेत्रबाट पौडेलसँग चुनावी मैदानमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल छन् । चुनावको दिन नजिकिँदै गइरहेका बेला काठमाडौं ५ लाई चासोका साथ हेरिएको छ । काठमाडौं– ५ मा काठमाडौं महानगरपालिकाका वडा २, ३, ४ र ५, बूढानीलकण्ठ नगरपालिकाका वडा ३,४,५,६ र ७ का साथै टोखा नगरपालिकाका २,३,४,५, ६ र ७ वडाहरू पर्छन् ।

यी क्षेत्रमा बढी मात्रामा बाहिरी जिल्लाबाट बसाइँ सरेर आएको जनसंख्या बढी छ । एकातर्फ दोलखा, रामेछाप, ओखलढुंगामा पुरानो घर भएका अर्कोतर्फ तनहुँ, लम्जुङ, कास्की । त्यस्तै नुवाकोट, धादिङलगायतका जिल्लाबाट बसाइँ सरेर आएका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार १५:००   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।