Logo

राजनीति

प्रमुख आयुक्तसँग युरोपियन युनियनका राजदूतको शिष्टाचार भेट



काठमाडाैं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डेप्रेजले आज आयोगको कान्तिपथस्थित कार्यायलयमा शिष्टाचार भेट गरेकी छन् ।

उक्त अवसरमा मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ र द्विपक्षीय सरोकारका विविध विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार १५:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।