सुर्खेत । युवा नेता रवि किरण हमालले सुर्खेत प्रतिनिधिसभा सदस्य उम्मेदवार पूर्णबहादुर खड्कालाई भोट हाल्न अनुरोध गरेका छन् । सुर्खेतको सिम्ता गाउँपालिकाका विभिन्न वडा र टोलमा गएर किरणले काङ्ग्रेस उपसभापति खड्कालाई भोट मागिरहेका छन् । सिम्ता किरणको जन्मस्थल हो ।
उनले मतदातासँग खड्काको पक्षमा भोट माग्दै भने, ‘युवाहरूको भविष्यको कुरा छ, सुर्खेतको विकासको कुरा छ, पूर्णबहादुर जस्तो इमानदार र अब्बल नेतालाई भोट हालौं ।’ पछिल्लो दुई हप्तादेखि युवा नेता किरण सुर्खेत-१ का विभिन्न ठाँउमा पुगेर खड्ककाे लागि मत मागिरहेका छन् ।
उनले प्रतिनिधिसभामा खड्का र प्रदेशसभामा खड्ग पोखरेललाई भोट दिन सबैसँग अनुरोध गरिरहेका छन् । कांग्रेसका उपसभापति खड्का र एमाले उम्मेदवार ध्रुव कुमार शाहीबीच चुनावी प्रतिस्पर्धा हुँदै छ ।




















प्रतिक्रिया