Logo

प्रमुख समाचार

ओलीमाथि हर्क साम्पाङको कटाक्ष : ‘हाउडेले धेरै चुनौती नदिँदा हुन्छ’



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘कोशीको पानी धरान ल्याउने’ भन्दै भाषण गरेपछि धरान उपमहनगरपालिकाका मेयर हर्क साम्पाङले जवाफ फर्काएका छन् । चुनावी अभियानका क्रममा धरान पुगेका ओलीले एमालेले कोशीको पानी धरान ल्याउने बताएपछि कटाक्ष गर्दे मेयर साम्पाङले ओलीलाई ‘हाउडे’को संज्ञा दिएका हुन् ।

मेयर साम्पाङले ओलीको उक्त भिडिओको स्क्रिनसट शेयर गर्दै ‘धेरै चुनौती नदिँदा हुन्छ हाउडेले’ भन्दै चुनौती दिएका हुन् । उनले आफ्नो फेसबुकमा लेखेका छन् ‘‘ग्यासको पाइप घर घरमा पुराएर पानी जहाजमा नेपालीलाई शयर गराउनेले कोशीको पानी ल्याउने गफ दिएछ ! म ल्याउँछु पानी कोशीको ! धेरै चुनौती नदिँदा हुन्छ हाउडेले !’’

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार १९:५७   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।