Logo

मनोरञ्जन

शिव परियारको ‘छैन है गुनासो’मा अन्जना र विक्रमले गरे कमालको अभिनय (भिडियाेसहित)



काठमाडौं । गायक शिव परियारको स्वरमा रहेको ‘छैन है गुनासो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएकाे छ । डीपी खनालकाे शब्द–सिर्जना रहेको गीतमा नविन कार्कीको संगीत रहेको छ । भिडियोलाई महेश महराको छायाङ्कन गरेका हुन् । लक्ष्मण चौहानको सम्पादन रहेको भिडियोको कथा र निर्देशन विक्रम चौहानको रहेको छ ।

प्रेम, रोमान्स र विरहलाई मुख्य विषय बनाइएको ‘छैन है गुनासो’ गीतमा हट माेडल अन्जना राउत, विक्रम बुढाथोकी र तेज बोगटीको अभिनय रहेको छ । मोडलिङमा आएको छोटो समयमा नै अञ्जनाले कैयौँ दर्शक स्रोताको मन जितिसकेकी छन् ।

यसैबीच रिलिज गरिएको उनको यो पछिल्लो भिडियोले आफूलाई थप उचाई दिने अञ्जनाको विश्वास छ । यसअघि अञ्जनाले समीक्षा अधिकारी र सुभाष पुरीको स्वर रहेको ‘बजाई देउ’बोलको गीतमा काम गरेपछि चर्चामा आएकी थिइन् ।

भिडियाे हेर्नुहाेस्

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार १३:३२   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।