दोहा । सर्वकालिन सर्वाधिक गोलकर्ता अल्मोज अलीले विश्वकपमा पनि कतारको अग्रपंक्ति सम्हाल्ने भएका छन् । अलीले कतारका लागि खेलेका ८५ खेलमा ४२ गोल गरिसकेका छन् ।
प्रशिक्षक फेलिक्स सान्चेजले घरेलु मैदानमा हुने विश्वकपका लागि २६ सदस्यीय टिमको घोषणा गरिसकेका छन् । सान्चेजकै नेतृत्वमा सन् २०१९ मा भएको एसियन कपको फाइनलमा जापानलाई ३–१ ले पराजित गर्दै कतारले पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेको थियो ।
समूह ‘ए’मा रहेको कतारले नोभेम्बर २० मा इक्वेडरसँग खेल्दै विश्वकप सुरुआत गर्नेछ । कतारले नोभेम्बर २० मा सनेगल र नोभेम्बर २९ मा नेदरल्यान्ड्ससँग खेल्ने छ ।
कतारको टिम
गोलकिपर : साद अल शीब, मेसहाल बार्शम, युसोफ हसन
डिफेन्डर : पेड्रो मिग्वेल, मुसाब खिडिर, तारेक सल्मान, शसाम अल रवी, बोआलेम खौखी, अब्लडेलकरिम हसन, इस्माइल मोहम्मद, होमद अहमद, जसिम गाबेर
मिडफिल्डर : अली असद, असिम मोडिबो, मोहम्मदा वाद, सलिम अल हजारी, मोस्तातफ तारेक, करिब बौडियाफ, अब्डेलजिज हातिम
फरवार्ड : नैफ अल्हधरामी, अहमद अलाइलदिन, हसान अल हेडोस, खालिद मुनिर, अक्रम अफिफ, अल्मोज अली, मोहमद मुन्तारी




















प्रतिक्रिया