काठमाडौं । प्रधानमन्त्री कपको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मीले नेपाल एपीएफ क्लबलाई जितका लागि १ सय ८० रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ३९ ओभरमा अलआउट हुदै १ सय ७९ रन बनायो ।
आर्मीका ओपनर सोमपाल कामी शून्य रनमा आउट हुँदा अर्का ओपनर अर्जुन साउदले १३ रनमा बनाए । हरि चौहानले १५, बिक्रम सोब ६ तथा कप्तान बिनोद भण्डारी ११ रनमा आउट भए । राजेश पुलामी १८ रन जोडे ।
यस्तै युवा ब्याटर तथा राष्ट्रिय टोलीका नवनियुक्त कप्तान रोहित कुमार पौडेल ४९ रन बनाए । शुसन भारी १९ रनमा आउट भए । जितेन्द्र मुखिया २४ रनमा अविजित रहे । अन्तिम विकेटका लागि शुसन भारी र जितेन्द्र मुखियाले ४७ रनको साझेदारी गरे ।
यता एपीएफका लागि अमर सिंह रौटेला र मौसम ढकालले समान ३/३ विकेट लिदाँ किशोर महतोले २ विकेट लिए । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आर्मी पाँचौ पटक फाइनल गेको हो भने एपीएफ भने तेस्रो पटक फाइनल पुगेको हो । प्रतियोगिताको विजेताले १० लाख नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ५ लाखमा चित्त बुझाउने छन् ।




















प्रतिक्रिया