Logo

समाचार

थप ८ जनामा कोरोना सङ्क्रमण, सक्रिय सङ्क्रमित ५ सय ३० पुग्यो



काठमाडौं । देशभर थप ८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६८० जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो ।

यही अवधिमा थप २४ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५३० पुगेको छ । पछिल्लो २४ घण्टामा ६५ हजार ९५१ जनाले खोप लगाएका छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार १६:५५   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।