Logo

प्रमुख समाचार

हेलिकोप्टर प्रकरणमा मनाङका कांग्रेस उमेदवारलाई आयाेगले साेध्याे स्पष्टीकरण



काठमाडौं । निर्वाचन आयोगले मनाङका प्रतिनिधिसभा उमेदवारसमेत रहेका नेपाली कांग्रेसका नेता टेकबहादुर गुरुङलाई स्पष्टीकरण सोधेको छ । उनले प्रचारप्रसारका क्रममा हेलिकोप्टरको प्रयोग गरे/नगरेबारे स्पष्टीकरण सोधिएको हो । २४ घण्टाभित्र निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय मनाङमा स्वयं उपस्थित भई सत्यतथ्य व्यहोरा खुलाई लिखित स्पष्टीकरण पेस गर्न आयोगले निर्देशन दिएको छ ।

स्पष्टीकरणमा कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय मनाङमा स्वयम उपस्थित भई सत्यतथ्य व्यहोरा खुलाई लिखित स्पष्टीकरण पेश गर्न भनिएकाे छ ।

आयाेगले ‘हेलीकोप्टरमा दलबल सहित गएका टेकबहादुर गुरुङले मतदातालाई धम्काएपछि स्थानीयद्वारा प्रतिकार भन्ने समाचार सत्य हो, होइन ? यदी समाचार सत्य हो भने तपाईंले हेलिकप्टर उडान गर्नको लागि निर्वाचन आयोगको पूर्वसहमति लिनुभएको छ, छैन? तपाईंले निर्वाचन आचारसंहिता, २०७९ को दफा १४ को उपदफा (१) को खण्ड (छ) को प्रतिकूल हुनेगरी हेलिकोप्टर प्रयोग गर्ने कार्य गरेको ठहर भएमा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम जरिबाना र उपदफा (४) बमोजिम उम्मेदवारी रद्दको कारवाही हुनसक्ने भएकोले उक्त कारवाही किन गर्नु नपर्ने हो ?’ भनेर साेधेकाे छ ।

साथै यस विषयमा मनाङका प्रमुख जिल्ला अधिकारीलाई “हेलीकोप्टरमा दलबल सहित गएका टेकबहादुर गुरुङले मतदातालाई धम्काएपछि स्थानीयद्वारा प्रतिकार” भन्ने समाचार नयाँ पेज अनलाइनमा प्रकाशन भएको विषयमा के कसो भएको हो ? पत्र प्राप्त भएको १२ घण्टाभित्र यथार्थ व्यहोरा खुलाई निर्वाचन आयोगमा प्राप्त हुने गरी प्रतिवेदन पेश गर्न’ भनिएकाे छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार २१:०४   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।