Logo

खेलकुद

विश्वकपको उपाधिका लागि पाकिस्तान र इङ्ल्यान्ड खेल्दै



काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधिका लागि आइतबार पाकिस्तान र इङ्ल्यान्ड खेल्दैछन् ।अष्ट्रेलियाको एमसीजी रङ्गशालामा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ ।

पाकिस्तानले सेमिफाइनलमा न्युजिल्यान्डलाई पराजित गरेको थियो भने इङ्ल्यान्डले भारतलाई पराजित गरेर फाइनलमा स्थान बनाएको हो । फाइलन इङ्ल्याण्ड र पाकिस्तान जुन टोलीले जिते पनि उसको लागि यो दोस्रो विश्वकपको उपाधि हुनेछ ।

यसअघि पाकिस्तानले सन् २००९ र इङ्ल्यान्डले सन् २०१० मा टी–ट्वान्टी विश्वकपको उपाधि जितेको थियो । त्यसयता दुबै टोलीलले उपाधि जित्न सकेका छैनन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आईतवार ०६:४८   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।