वीरगञ्ज । लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) नेपाल निकट युवा सङ्गठनका जिल्ला इन्चार्ज जनता समाजवादी पार्टी प्रवेश गरेका छन् । युवा सङ्गठनका जिल्ला संयोजक रवी सर्राफसहितका केही युवा आइतबार जसपा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई पूर्वमन्त्री एवं पर्सा १ का जसपा-एमाले गठबन्धनका प्रदीप यादवले फुलमाला लगाएर पार्टीमा भित्र्याएका छन् ।
पार्टी प्रवेश गर्दै सर्राफले देश र जनताको हितका लागि काम गर्ने एक मात्र पार्टी जसपा भएको बताउँदै आफूहरुले दल परिवर्तन गरेको बताए । जसपाले युवाहरुको उचित मूल्याङ्कन गर्दै अगाडि बढाउने भएकोले आफ्नो रोजाईमा जसपा परेको सर्राफको भनाइ छ ।
पार्टी प्रवेश गराउँदै जसपाको राजनीतिक समितिका सदस्यसमेत रहेका यादवले पनि युवाहरुले जसपाप्रति देखाएको आकर्षणले आफू उत्साहित भएको बताए । यादवले पछिल्लो समय युवाहरुको प्रथम रोजाईमा पर्दै गएको बताउँदै नवप्रवेशी युवाहरुलाई पार्टीले उचित स्थान दिँदै उनीहरुको मूल्याङ्कन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।




















प्रतिक्रिया