Logo

प्रमुख समाचार

रवि लामिछानेले चुनावी प्रचारमा प्रयाेग गरेका गाडी तोडफोड



काठमाडौंं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिभिासभा उम्मेदवार रवि लामिछानेले चुनावी प्रचारमा प्रयोग गरेका गाडी तोडफोड गरिएको छ । मुग्लिङ सडक खण्डमा गाडी तोडफोड भएको हो ।

चुनावी प्रचारको क्रममा घरदैलौ अभियान गरिरहँदा कुटपिट गरी गाडी समेत तोडफोड गरेको सो पार्टीका अर्का नेता दीपक बोहराले बताए । सत्तारुढ गठबन्धनका कार्यकर्ताले आक्रमण गरेको बोहोराकाे भनाइ छ ।

उनको गाडीमा ढुंगा प्रहार गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गाडीमा सामान्य क्षति पुगेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आईतवार १६:३१   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।