काठमाडौं । निर्वाचन आयोगले चुनावी प्रचारप्रसारमा हेलिकप्टरको प्रयोगको विषयलाई लिएर संवेदनशील बन्न आग्रह गृह मन्त्रालय आग्रह गरेको छ । आइतवार निर्वाचन आयोगमा भएको निर्वाचन आचारसंहीता कार्यान्वयन सम्बन्धी एकीकृत कार्ययोजना, २०७९ माथिको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले हेलिकप्टरको प्रयोगको विषयमा संवेदनशील बन्न गृह मन्त्रालयलाई भनेका हुन् ।
प्रमुख आयुक्त थपलियाले चुनावको प्रचार गर्न बिरामी भएको नाटक गर्ने गरेको उजुरी आएकाले त्यसतर्फ संवेदनशील बनेर काम गर्न गृह मन्त्रालयलाई निर्देशन दिएका हुन् । उनले निर्वाचन आचारसंहीतामा ७२ घण्टा हेलिकप्टर उडाउन पाउने उल्लेख गरेका कारण संखुवासभामा चुनावी प्रचारमा समय गनेर नै ७२ घण्टामा विभिन्न १० ठाउँमा चुनावी प्रचारप्रसार गरेको पाइएकाले गृह मन्त्रालय गम्भीर बन्नुपर्ने देखिएको बताए ।
प्रमुख आयुक्त थपलियाले आसन्न निर्वाचनमा हालसम्म भौतिक उपस्थिति सहितको आचारसंहीता उल्लंघन कम रहेपनि सामाजिक सञ्जालमा भने निर्वाचन आचारसंहीता उल्लघंन बढेको बताए । उनले सामाजिक सञ्जालबाट आचारसंहिता उल्लंघन गर्नेहरुलाई कारबाही गरिरहेको भन्दै सामाजिक सञ्जालको प्रयोग गर्दा संवेनशील बन्नसमेत सबैको ध्यानाकर्षण गराए
।प्रमुख निर्वाचन आयुक्त थपलियाले यस पटकको निर्वाचनमा मौन अवधि नरहेकाले निर्वाचनअघिको ४८ घण्टाको समयलाई कसरी व्यवस्थित बनाउने भन्नेमा आयोगले आवश्यक कार्य गरिरहेको पनि बताए ।




















प्रतिक्रिया