Logo

खेलकुद

कप्तानीलाई चुनौती अवसरको रूपमा लिएको छु : रोहित पौडेल



काठमाडौं । नेपाली राष्ट्रिय त्रिकेट टिमका नवनियुक्त कप्तान रोहितकुमार पौडेलले आफूले पाएको जिम्मेवारीलाई अवसरको रूपमा लिएको बताएका छन् । संयुक्त अरब इमिरेट्स (यूएई)सँगको तीन खेलको एकदिवसीय शृंखलाको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै रोहितले कप्तानीलाई आफूले अवसरको रुपमा लिएको बताएका हुन् ।

नेपालले कात्तिक २८, ३० र मंसिर दुई गते कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईसँग तीन एकदिवसीय खेलको शृंखला खेल्ने तय भएको छ । रोहितले नेपाली टिम शृंखलाका लागि पूर्ण रूपमा तयार रहेको बताए ।

शृंखलाका लागि नेपाली टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले १६ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरिसकेका छन् । पत्रकार सम्मेलनमा बोल्दै प्रभाकरले शृंखलाबाट विश्वकप क्रिकेट लिग–२ अघि युवा खेलाडीले आफूलाई प्रमाणित गर्ने राम्रो अवसर भएको बताए ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आईतवार २१:४८   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।