Logo

अर्थ

विजय लघुवित्तको नाफामा ७६ प्रतिशतकाे गिरावट



काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार समीक्षा अवधिमा कम्पनीको नाफा घटेको छ ।

यस अवधिमा कम्पनीले ७९ लाख ८२ हजार रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ७५‍.९७ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा कम्पनीले ३ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । उक्त वित्तीय विवरण अनुसार संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेसँगै खुद नाफा पनि घटेको हो ।

समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ३१.८६ प्रतिशतले घटेर ६ करोड ९१ लाख ५४ हजार रुपैयाँमा सीमित भएको छ भने सञ्चालन नाफा ७५.८९ प्रतिशतले घटेर १ करोड १४ लाख १५ हजार रुपैयाँमा सीमित भएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलवार ११:५५   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।