Logo

प्रमुख समाचार

आमनिर्वाचन–२०७९ : मंसिर ४ र ५ गते सार्वजनिक विदा



काठमाडौं । आसन्न ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन लागि सरकारले मंसिर ४ र ५ गते सार्वजनिक विदा दिएको छ । मतदानस्थल रहेका शिक्षण संस्थाहरु मंसिर २ गतेदेखि नै ५ गतेसम्म बन्द हुने छन् । सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु भने मंसिर ४ र ५ गते बन्द हुनेछन् ।

गृह मन्त्रालयले आज सूचना जारी गरी विदासम्बन्धी जानकारी दिएको हो । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको सूचनामा सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु ४ र ५ गते तथा मतदानस्थल रहेका शिक्षण संस्थाहरु २ गतेदेखि ५ गतेसम्म बन्द हुने उल्लेख छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलवार १२:००   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।