Logo

मनोरञ्जन

कमला र रामजीकाे ‘तिमीलाई दामी देखिन्छ’मा आकाश र स्मारिककाे राेमाञ्चक अभिनय (भिडियोसहित)



काठमाडौं । गायिका कमला रेग्मीकाे ‘तिमीलाई दामी देखिन्छ’ गीति म्युजिक भिडियाे सार्वजनिक भएकाे छ । प्रवासी जीवनको दैनिकीमा रहेर पनि नेपाली गीत–संगीतलाई सदैव माया गर्ने गायिकाको परिचय बनाएकी उनले चर्चित गायक रामजी खाँडसँगको सहकार्यमा उक्त गीतको भिडियो सार्वजनिक गरेकी हुन् ।

यस गीतमा रविमानसिंह बस्नेतको शब्द तथा चर्चित गायक तथा संगीतकार टीका बोम्जनको संगीत रहेको छ भने यो गीतको लागि ट्र्याको एरेञ्ज कमल सौरागले गरेका छन् । गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र पछिल्लो पुस्तामाझ लोकप्रिय रहेकी मोडल स्मारिका ढकालको रोमाञ्चक अभिनय हेको छ ।

निकेश खड्काको निर्देशनमा राज किङ वाइबाले कोरियोग्राफी गरेको भिडियोको छायांकन बुद्ध थापाले गरेका छन् भने सम्पादन र कलर करेक्सन विकास धमलाले गरेका छन् । भिडियोलाई रामजी खाँड अफिसियल युट्युवबाट सार्वजनिक गरिएको छ । उक्त अडियो तथा भिडियोले श्रोता तथा दर्शकहरुको मन जितिरहेको छ ।

भिडियाे हेर्नुहाेस्

प्रकाशित मिति : कार्तिक २९, २०७९ मंगलबार  १ : ३२ बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।