Logo

प्रमुख समाचार

मतदानकाे ४८ घण्टा अघिदेखि प्रचार गर्न नपाइने, निर्देशन नमान्नेलाई कारबाहीको चेतावनी



काठमाडौं । निर्वाचन आयोगले मतदान हुनु ४८ घण्टाअघि देखि दल तथा उम्मेदवारले प्रचारप्रसारमा रोक लगाएका छ । ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि दल तथा उम्मेदवारहरुले अहिले प्रचारप्रसार तथा घरदैलोमा व्यस्त छन् ।

निर्वाचन आयोगले मतदान सुरु हुनुभन्दा ४८ घण्टा अघिदेखि चुनावी प्रचारप्रसारसँग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाइने जनाएको छ । आवश्यक तयारी अन्तिम चरणमा पुगेको जनाउँदै आयोगले निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ अनुसरा मतदानको ४८ घण्टा अघिदेखि प्रचारप्रसारका कुनै पनि गतिविधि गर्न नपाउने जनाएको हो ।

निर्वाचन आयोगका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान अघिको ४८ घण्टामा चुनावी प्रचारप्रसारसम्बन्धी कुनै पनि कार्यक्रम गर्न नपाउने बताए । भण्डारीका अनुसार विगतमा मौन अवधिका रूपमा मानिएको समयलाई यस पटक स्थिर समयको रूपमा प्रयोग गरिनेछ । त्यसअनुसार मंसिर १ गते राति १२ बजेदेखि चुनावी प्रचारप्रसार सम्बन्धी सम्पूर्ण कामहरू निषेध गरिएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलवार १४:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।