काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले रोहित चन्दको कप्तानीमा पहिलो पटक भोलि (बुधबार) पाकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्दै छ । दशरथ रंगशालामा पाकिस्तानसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
त्यसअघि आयोजित प्री–म्याच कन्फ्रेन्समा कप्तानको जिम्मेदवारी पाएका चन्दले पाकिस्तान प्रतिद्वन्द्वीका रूपमा जहिले पनि कठिन रहेको बताएका छन् । नेपाली टिमको नेतृत्व सम्हाल्न पाएको खुसी व्यक्त गर्दै रोहितले भने, ‘नेपालका लागि पाकिस्तान जहिले पनि कठिन प्रतिद्वन्द्वी हुने गर्छ । हामी पाकिस्तानविरुद्धको अन्तिम खेलमा पनि पराजित रहेका थियौं ।’ तर आफूहरुल्े राम्रो तयारी गरेका र सकारात्मक नतिजा निकाल्ने गरी खेल्ने उनले बताए ।
यो नेपालका लागि ऐतिहासिक खेल पनि रहनेछ । नेपालले दशरथ रंगशालामा खेल्ने यो ५० औं आधिकारिक अन्तर्राष्ट्रिय खेल हुनेछ । नेपाल पाकिस्तानको अन्तिम पकट साफ च्याम्पियन्समा सन् २०१८ मा सामना गर्दा पराजित रहेको थियो ।




















प्रतिक्रिया