Logo

खेलकुद

फिफा विश्वकप-२०२२ : ३२ राष्ट्रबाट कूल ८३१ खेलाडी दर्ता



काठमाडौं । आगामी नोभेम्बर २० देखि कतारमा सुरू हुने फिफा विश्वकप फुटबलका लागि कूल ८३१ खेलाडी दर्ता भएका छन् । कतार विश्वकप खेल्नका लागि ३२ राष्ट्रबाट कूल ८३१ खेलाडी छनोट भएका हुन् ।

विश्वकपका लागि मंगलबारसम्म टिम लिस्ट दर्ता गर्नुपर्ने समय थियो । त्यसै अनुसार सहभागी ३२ वटै राष्ट्रले टिम घोषणा गरिसकेका छन् ।

मंगलबार फिफाले सबै टिमको सूची सार्वजनिक गर्दै कूल ८३१ खेलाडी रहेको जनाएको छ । इरानले २५ सदस्यीय टिम घोषणा गरेको छ भने बाँकी सबैले २६ जनाको टोली घोषणा गरेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलवार १८:५१   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।