Logo

बैंकिङ

प्रभु बैंकको पर्सा जिल्लामा काउण्टर सञ्चालन



काठमाडौं । प्रभु बैंकले पर्सा जिल्लाको बीरगन्ज महानगरपालिका वडा नं. ०९ जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । पर्सास्थित जिल्ला प्रशासन कार्यालयमा स्थापित एक्स्टेन्सन काउण्टरको मिति २०७७ आश्विन २९ गते देखि कारोबार सुरु भएको हो । 

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले जिल्ला प्रशासन कार्यलयमा पनि आप्mनो सेवा विस्तार गर्न सफल भएको छ ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ । 

प्रभु बैंकले २०९ वटा शाखा कार्यालय, १९४ वटा ब्त्ः, ५४ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखारहित बैंकिङ्ग सेवामार्फत

अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

प्रकाशित मिति : आश्विन २९, २०७७ बिहीबार  ४ : १४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।